बेलबारी । कोरोना महामारीका कारण देश तथा विदेशमा रहेका धेरै युवाहरु बेरोजगार बनेका छन ।

बैदेशिक रोजगारीमा गएका युवाहरु समेत रोजगारी गुमाएर आफनो घर फर्कीएका छन् । घरमा आएर के गर्ने भन्ने चिन्ता धेरैमा छ भने धेरै युवा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बेला मोरङको बेलबारी नगरपालिकाले युवाहरुलाई आफ्नै नगरमा स्वरोजगार बनाउने लक्ष्य लिएर युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ ।

बैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगरपालिकाले युवा स्वारोजगार कार्यक्रम संचालन गर्ने भएको हो । नगरपालिकाले युवा स्वरोजगार तथा लक्षीत बर्ग कार्यक्रम संचालन कार्यविधि नै बनाएर कार्तीक १६ गते आइतवार बसेको नगर कार्यापालिकाको बैठकले पास समेत गरेको छ । हामीले आवश्यक कानुन बनाएका छौ मेयर ज्ञानेन्द्र सुवेदीले भने अब चाडै कार्यान्यनमा जान्छौ

युवाहरुलाई नगरपालिका नै जमानि बसेर ५ लाख रुपैयाँ २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने मेयर सुबेदीले बताए । बैंक तथा बित्तिय संस्थालाई तिर्नुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिने समेत मेयर सुवेदीले बताए । यस कार्यक्रममा सहभागि हुने युवा तथा युवा समुहले बिना धितो ऋण पाउने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रम अन्र्तगत कृषि, पशुपालन, माछा पालन, ब्यापार ब्याबसाय गर्नेहरुका लागि लक्षित रहेको छ । सामुहिक खेति तथा ब्यापार ब्याबसाय गर्नेहरुलाई पहिलो प्राथमिकता दिइने मेयर सुवेदीले बताए । उनका अनुसार युवा स्वारोजगार कोषको नाममा छुटै कोषको स्थापना गरिनेछ । युवा तथा लक्षीत बर्गका लागि यस कार्यक्रमले आफ्नै ठाँउमा ब्याबसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले यो कार्यक्रम थालेको हो । नगरपालिकाले यो कार्यक्रमका लागि १ करोड रुपैयाको कोष स्थापना गर्ने छ ।

त्यस्तै नगरपालिकाले आधारभुत तथा गरिब परिवार खाध्य सुरक्षा कार्यक्रम समेत संचालन गर्ने भएको छ । आफुले उत्पादन गरेको अन्न बालीले ३ महिना भन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरी बाट दैनिक गुजारा चलाउने परिवारलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेको हो । गरिबिको रेखा मुनि रहेका परिवारहरुका आर्थीक अबस्था उकास्नका लागि उनिहरुको चाहना अनुसारका आय आर्जन मुखि कार्यक्रम गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बताए ।