भोजपुर / भोजपुरको रामप्रसादराई गाउपालिका ४ दलगाउँकी ७४ बर्षिय खड्ग कुमारी राईलाई नागरिकता वितरण गरिएको छ । राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सोमबार नागरिकता वितरण गरिएको हो ।
नागरिकता वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले राईले अब राज्यले दिने सेवा सुविधा पाउने बताए । नागरिता पाए पछि सामाजिक सुरक्षा भत्ता पाउने भन्दै राई खुसी हुनु भएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई नागरिकता प्रदान गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार अहिले सम्म राई सहित अरुण गाउँपालिकाका ९३ बर्षिय लाटा सार्की, रामप्रसादराइ गाउँपालिकाकी ९२ बर्षिय हिरा राई , भोजपुर नगरपालिका १२ की ७१ बर्षिय बैशाखी कपाली , भोजपुर नगरपालिका २ हेलौछाका ९५ बर्षिय विर बहादुर तामाङ गरि ६ जना बृद्ध बृद्धालाई नागरिकता प्रदान गरिएको छ ।
नागरिकता बितरण कार्यक्रममा न्यायशिल अशल सासन क्लव भोजपुरका अध्यक्ष फविन्द्र प्रधान, घमचनद्र दाहाल, सामाजिक अभियन्ता सम्झना प्रधान लगाएतको उपस्थिती रहेको थियो ।