भद्रपुर । दक्षिणी झापाको कचनकवल –४ स्थित पाठामारीमा रहेको नेपाल –भारत सीमानाको ११२ नम्बरको जङ्गे पिलर ढल्ने अवस्थामा पुगेको छ ।
यो वर्षमात्र १६ वटा पिलरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । संरक्षणका लागि विभागमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।
दुवै देशका नापी विभागको प्राविधिक टोलीले यही महिनाबाट स्थलगत अनुगमन गरी पुर्नरस्थापन गरिने विभागबाट जानकारी पाएको प्रजिअ तिमिल्सिनाले बताए । गत तीन वर्षयता ७० वटा भन्दा बढी पिलरमा क्षति पुगेको तथ्याङ्क रहेको उनले जनाए । कटान रोकथामका लागि कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाइ जानकारी गराइसकेको उनको भनाइ छ ।
केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर कटान गर्ने क्रम निरन्तर रहँदा पालिकाले त्यस तर्फ ध्यान दिएका छैनन ।