धरान । धरान उपमहानगरपालिका वडा नं १५ स्थित दिपेन्द्र बस्तीमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ ।
दिपेन्द्र बस्तीस्थित रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएपछि धरान उपमहानगरको दमकल र स्थानीयले आगो निभाएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको तर क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।