ब्लाष्टखबर । मंगलबार माेरङकाे रतुवामाई र पाँचथपकाे फिदिम नगरपालिकामा भएकाे छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । 
 
रतुवामाई नगरपालिका ९ ईटहरा चोकमा राती सवा ७ बजेको मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।
 
त्यस्तै, मंगलबार राती पौने ८ बजे पाँचथरको जोरसालमा  बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ ।
फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।