ब्लाष्टखबर । धरान उपमहानगरपालिकाले ३ जना नगर प्रहरीलाई आचरण विपरीत कार्य  गरेकाे भन्दै उनिहरूकाे करार नविकरण राेक्ने निर्णय गरेको छ ।

करारमा रहेका उनिहरूले खटाएकाे स्थानमा इमान्दारीपूर्वक डिउटि नगरेकाे, निर्देशनकाे पालना नगरकाे भन्दै पटक–पटक चेतावनि दिइएकाे भएपनि आचरणमा सुधार नभएपछि मंसिरदेखि १ जना असई सहित ३ जनाकाे मंसिर देखी करार नविकरण नगरिएकाे उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन् । 

उनले भने ' पटक–पटक गुनासाेहरू आयाे, आचरण सुधारकालागीपनि धेरै पटक सम्झाइयाे चेतावनी दिइयाे तर सुधार आएकाे देखिएन त्यसैले मंसिर देखी करार नविकरण नगरेका हाैं । '

उपमहानगरले करार नविकरण राेकेपछि निलम्बनमा परेका  धरान १५ , धरान ८ र धरान ५ का ती नगर प्रहरी तीनै जना पुरूष रहेका छन् । पछिल्लाे समय उनिहरूले धरान १४  स्थित पञ्चकन्या जंगल निरीक्षण गर्न गएका बेला घुम्न आएका जोडीको फोटो खिचेर बार्गेनिङ गरेको उजुरी परेकाे बताइएकाे छ । 

डिउटिमा रहेका बेला नगरप्रहरीले गर्नु पर्ने कार्य र क्षेत्र अधिकार विपरीत गएर कार्यगरी कार्यालयलाई नै विवादमा फसाउने र समस्या झेल्नुपर्ने अवस्था सृजना भएपछि कारबाही गरिएको उपमहानगरले जनाएको छ ।