ब्लाष्टखबर । गयराति हुम्लाकाे सिमकोट गाउँपालिका–७ डाँडाफयामा बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हेप्काखोलाबाट बिरामी बाेकेर सिमकाेट अाउँदै गरेकाे लु २ च २१०२ नम्बरको बलेरो जिप राती पाैने ११ बजे दुर्घटना हुँदा चिपमा सवार सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनामा बच्चासहित अन्य सातजना घाइते भएको र घाइतेहरूकाे हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
दुर्घटनामा जिप सडक छाेडेर ६०० मिटरल तल खसेकाे प्रहरी नायब उपरीक्षक सुवेदीले बताएका छन् ।