ब्लाष्टखबर । भक्तपुरमा कार दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने, अन्य २ जना घाइते भएका छन् । गयराती भक्तपुरबाट काठमाडाैं तर्फ अाउने क्रममा बा ८ च ४७५६ नम्बरको कार भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
दुर्घटनामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएका छ ।
दुर्घटनामा चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक -४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएकाे परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बताएका छन्।
सामान्य घाइते भएका तीनै जनाले मृतक रियालाई दुर्घटनास्थलमै छोडेर भागेका थिए । उनीहरुलाई बिहानमात्रै नियन्त्रणमा लिइएको डीएसपी गरीले जानकारी दिए ।