ब्लाष्टखबर । अवैैध रुपमा नेपालबाट भारत तर्फ लगिदै गरेको ४७ ओटा गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

भेटनरी क्वारेन्टाइनको सिफारिस नभएका २९ वटा गाई, एउटा बाछी, १५ वटा गोरु र एउटा बाछोलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाकाप्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले धनपालथा गाउँपालिका १ गडेरीया चोकमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यायल मोरङले जनाएको छ ।

नियन्त्रणमा लिइएका करिब ५ लाख २१ हजार अन्दाजी मुल्य बराबरको उक्त गाईगोरु आवश्यक कारवाहिका लागी मुल भन्सा कार्यालय विराटनगर, रानी बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।