भोजपुर । भोजपुर नगरपालिका ५ बोखिमका वडाध्यक्ष जसबहादुर राई र वडा सदस्य शरण प्रधान ट्याक्टरको ठक्कर बाट गम्भीर घाईते भएका छन ।

विहिवार दिउँसो १२ बजे प्रदेश १–०२–००३–त ५४८ नम्वरको ट्याक्टरले देउराली चौकमा ठक्कर दिँदा वडाध्यक्ष राई र सदस्य प्रधान गम्भीर घाईते भएका हुन । पानीट्याङकी जादै गरेको ट्याक्टरले उनीहरु सवार को १ ब १७९३ को मोटरसाईकललाई ठक्कर दिँदा ४५ बर्षिय वडाध्यक्ष राई सहित ५५ बर्षिय वडा सदस्य प्रधान गम्भिर घाइते भएका हुन् ।

घाईते दुवै जनाको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ । उनिहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

heli