इनरुवा । नेपाल–भारत सीमा क्षेत्र अन्र्तगतको सुनसरी नाकामा सशस्त्र प्रहरीको ७ नयाँ बिओपी थपिने भएका छन् ।

सीमा सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बिओपी संख्या थप्ने सरकारी नीति अनुरुप सुनसरीमा सशस्त्रको युनिट संख्या थप्न लागिएको हो । हाल १० वटाको संख्यामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको संख्या १७ वटा पुर्याइन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।

सोही अनुरुप भोक्राहा नरसिंह गाउँपालिकाको उल्टीमा समग्रमा सशस्त्रको १ सय ९३ औं र सुनसरीको हकमा १० औं बिओपी स्थापना भैरसकेको सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले बतााए । उक्त बिओपीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरीले यस वर्ष मुलुकभरका सीमा क्षेत्रमा रहने बिओपीको संख्या २ सय २१ पुर्याइने जनाएको छ । उसले देशभरका सीमा क्षेत्रमा ५ सयको संख्यामा बिओपी राख्ने लक्ष्य लिएको छ ।