संखुवासभा । जिल्लाको खाँदबारी–९ तुम्लिङ्गटारमा शुक्रबार ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइलमा सवार खाँदबारी–१ चाँदनी चौकमा व्यवसाय सञ्चालन गरिरहेका का २५ वर्षीय दिवश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।

गम्भीर घाइते भएका दिवशको उपचारको क्रममा तुम्लिङटारस्थित मनकामना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार दिनको करिब १२ बजेर १० मिनेटको समयमा तुम्लिङटारबाट खाँदबारीतर्फ आउर्दै गरेको को २ त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङ्गटार तर्फ जार्दै गरेको ना ४५प २०७० नम्बरका मोटरसाइल खाँदबारी–९ को मुग्लिनमा एकआपसमा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार दिवशका साथी खाँदबारी–१ चाँदनी चौकका मनोज सुनुवारको मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौ लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।