ब्लाष्टखबर । सप्तरीमा अपरीचित व्यक्तिले पिकअप भ्यानमामा आगजनी गरेको छ।

 सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको आफ्नै घरअगाडि राखिएको स. १ च १७२५ नम्बरको पिकअप भ्यानमा गयराती १ बजे अपरिचित व्यक्तीले पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताएका छन् ।

आगो राजविराजबाट आएको बारुण यन्त्रको,  स्थानियबासी र प्रहरी तथा सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 आगजनीबाट २४ लाख बढीको क्षति भएको बताउदै कार्यालयले  राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुनसक्ने बताएको छ।