ब्लाष्टखबर । विराटनगरबाटर भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।
भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको पश्चिम दिल्लीका ५६ वर्षीय महेस चन्द्रलाई १ लाख ९९ हजार भारतीय नोट सहित वडा नम्बर १७ स्थित इस्लामपुरमा रहेको अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहर टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा उनको साथबाट ५ सयको ३९० थान र २ हजारको २ थान भारतीय नोट परामद गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई अनुसन्धान भइरहेका उक्त कार्यालयले जनाएको छ ।