विराटनगर । महिलाहरूलाई आर्थिक रूपमा सशक्तिकरण बनाउन सकिएमात्र महिलामाथि हुने हिंसाको घटना न्यूनिकरण हुने सरोकारवालाहरूले बताएका छन् ।
महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउन आयआर्जन र सीप मुलक तालिमको व्यवस्था गरि आर्थिक सशक्तिकरणमा अगाडी बढाउनुपर्ने उनीहरुले जोड दिए । जसले गर्दा महिलाहरू आर्थिक रूपमा सशक्तिकरण हुन सके हिंसाको घटनामा कमी आउने उनीहरूको भनाई थियो ।
ओरेक नेपालले विराटनगरमा आयोजना गरेको कोभिड १९ महामारीको समयमा लैंगिक विभेदमा आधारित हिंसाका चुनौती र सम्बोधनका उपाय विषयक सरोकारवालाहरूसँग आयोजना गरिएको कार्यक्रममा बोल्दै उनीहरूले हिंसामा परेका महिलाहरूको संरक्षणमा राज्यले विशेष ध्यानदिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले समाजिक संरचना र पुरुष प्रधान समाजको कारणले पनि महिलाहरू मािथ हिंसाको घटना हुने गरेको बताए । महिला पुरूषमा परिनिर्भर हुँदा हिंसाको घटना हुने देखिएकोले महिलालाई सीप मुलक तालिम र आयआर्जनमा जोडन सकिए हिंसाको घटनामा कमि आउने उनले बताए ।
कार्यक्रममा महिला मानव अधिकार रक्षकको संन्जाल मोरङका संयोजक मन्जिता उपाध्ययले शारिरि स्वास्थ्यलाई राज्यले हेरेपन िअहिले मानसिक समस्या भएका विरामीको स्वास्थ्य उपचारमा राज्यले ध्यान दिन नसकेको बताइन् । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा महिलाहरूमा मानसिक समस्या बढेको जानकारी दिदै उनले यस्ता महिलाहरूलाई राज्यले मनोपरामर्श व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन् । हिंसामा परेका महिलाहरूको लागि प्रत्येक स्थानिय तहले आवसगृहसहितको मनोपरामर्श दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा ओरेक नेपालकी सिनियर प्रोगार कोडिनेटर सन्जिता तिम्सिना, ओरेक नेपाल मोरङका परियोजना प्रमुख दिपक सेन्चुरी, जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक एन्जिना राईलगायतले चेतनास्तरको कमीका कारणले हिंसाको घटना हुने गरेकोले सेचतना फैलाउन जरुरी रहेको बताए । पछिल्लो समय विभिन्न सघसंस्थाले गरेको सचेता फैलाएपछि महिलामाथि हुने हिंसाको घटना बाहिर आउन थालेको उनीहरूले बताए ।