बेलबारी । रेल विभागले पूर्व–पश्चिम रेलमार्गमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाएपछि  प्रदेश नम्बर १ मा रेलमार्गको क्षेत्रमा पर्ने बासिन्दाहरुले उचित मुअब्जाको लागी मुआब्जा पहल समिति बनाएका छन् ।

पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत काकडभिट्टा इनरुवा रेलमार्गमा पर्नेहरुबाट डा. लक्ष्मी मैनालीको संयोजकत्तवमा आईतबार बेलबारी ११ लक्ष्मीमार्ग स्थीत ७४ सदसिय तदर्थ समिति गठन भएको हो । रेलमार्गका स्थानियलाई चलन चल्ती अनुसार उचित जग्गाको मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्र काम अगाडी बढाउनुपर्ने उक्त पहल समितिका सचिवालय सदस्य विश्वराज न्यौपानेले बताए ।  

सरकारले स्थाानीयसँग कुनै छलफल नै नगरि जग्गा अधिग्रहण गर्ने प्रकृया अघि बढाएको भन्दै उनीहरुले विरोध जनाउदै आईरहेका छन् । न्यौपानेका अनुसार रेल विभागले जग्गाको चलन चल्तीको मुल्य अनुसार सिफारीस गरेर चाडै पठाउन भनेको छ तर स्तानीय वडा कार्यलयले जग्गाको कम मुल्य पठाएकोले संगठीत हुनुपरेको बताए ।

यसैगरी स्थलगत अध्ययन गरी चलनचल्तीको मूल्य अनुसार मुआब्जा उपलव्ध गराउनुपर्ने, विस्थापित परिवारलाई उचित बसोबासको प्रवन्ध गर्नुपर्ने, अधिग्रहण पछि बाँकी रहने प्रयोगमा नआउने खालका टुक्रा जमिन सहितको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने लगायतको माग स्थानीयले अगाडि सारेका छन् ।

नेपाल सरकारले रेलमार्ग बनाउने राष्ट्रिय गौरवको योजना अगाडि बढाएकोमा स्थानीयबासीले गौरबको अनुभूति गरेको भएपनि प्रयाप्त छलफल नभएकोमा भने असन्तुष्टि व्यक्त गर्नुपरेको उनिहरुको भनाई छ ।