ब्लाष्टखबर । विराटनगरबाट प्रहरीले बेवारीसे अवस्थामा भातबाट चोरी पैठारी गरी ल्याएको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरको १४ नम्बर वडा स्थित जतुवा नहर नजिकबाट भारतको जोगवनीबाट भन्सार छली गरी चोरी पैठारी गरी ल्याएको अन्दाजी २९ हजार २ सय बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

बरामद गरेका सामानहरुमा लेडिज सुइटर १४ थान, बर्को ५ थान, प्याज ५ बोरा अन्दाजी ८० केजी बराबर र निनी ३ बोरा अन्दाजी १५० केजी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बरामद गरीएका उक्त सामानहरुलाई थप कारवाहीका लागी मुल भन्सार कार्यालय रानी, विराटनगर पठाउने कार्य भइरहेको छ ।