पथरीशनिश्चरे । मोरङसुनसरी सेवा समाजले मोरङ र सुनसरीमा कोरोना संक्रमित उपचारमा सञ्चालनमा रहेको आइसोलेसनका लागि ७० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
यसक्रममा विहीवार मोरङको पथरी शनिश्चरे नगरको आइसोलेसनका लागि संस्थाका संस्थापक अध्यक्ष मिलन खत्रीको अगुवाईमा रमेश खत्री सहितले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई ४ वटा खाली सिलिण्डर हस्तान्तरण गरेका छन् । संस्थापक अध्यक्ष खत्रीले समाजले मोरङ र सुनसरीमा गरी विभिन्न पालिकामा ७० वटा सिलिण्डर किनेर उपलब्ध गराएको जानकारी गराए ।
पथरीशनिश्चरे नगर अस्पतालमा सञ्चालित आइसोलेसनका लागि हालसम्म अत्याधुनिक ३ र अन्य २६ गरी २९ वटा सिलिण्डर संकलन भएको छ ।