धरान । वडाका विपन्न, गरिब तथा ज्यालादारीमा काम गर्ने मजदुरलाई लक्षित गर्दै धरान १७ मा स्थापित रेल्वे युथ क्लबले धरान ११ का टोलवासीलाई पनि राहत दिन सुरु गरेको छ ।
आफ्नै वडावासीलाई लक्षित गरिएको भए पनि अहिले विभिन्न वडाबाट आग्रह गरिएपछि धरान ११ का केही टोलवासीलाई पनि राहत दिइएको कार्यक्रम संयोजक नरसिंह राईले जानकारी दिए । क्लबले खाद्यान्न, औषधि र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका छन् । हालसम्म ८४ घरपरिवारलाई राहत दिइसकिएको राईले जानकारी दिए ।
जसमध्ये ७ घरपरिवार अन्य वडाको रहेका छन् । यसैबीच नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको बहु राष्ट्रिय बनाउने अभिव्यक्तिप्रति क्लबले आपत्ति जनाएको छ ।
क्लबले महतोको गम्भीर अभिव्यक्ति नसच्याएर सडकमा उत्रिने समेत चेतावनी उनले दिए ।