झापा। सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वयमा कनकाई नगरपालिकाका पत्रकारका लागि एक दिने निःशुल्क होल वडी चेकअप क्याम्प संचालन भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरबाट कनकाई नगर क्षेत्रका १५ जना पत्रकार महामारीका विच लाभान्वित भएको पत्रकार तथा कार्यक्रम संयोजक झापालीले जानकारी दिए ।

आयोजक सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मृगौला, जण्डिस, पिसाव लगायातका सबै समस्याहरुको निशुल्क चेक जाँच गरी औषधिसमेत वितरण गरिने भएको हो ।

पत्रकारहरुलाई वरिष्ठ सुगर, प्रेसर पेट छात्ती मृगौला तथा कलेजो रोग विशेषज्ञ डाक्टर सम्पन्न बुडाथोकीको नेतृत्वमा परिक्षण गरिएको थियो ।  समस्या हुने तथा नियमित औषधि सेवन गर्ने पत्रकारहरुलाई निशुल्क एक महिनाको समेत औषधि वितरण गरिएको थियो ।

कोरोना महामारीका विच पनि जनताको हरपलको सुचनाहरु संकलन गर्न दिनरात नभनी खट्ने पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य जाँचको कार्यक्रम राखिएको आयोजक समितिका कार्कीले बताए ।

समस्यामा परेका वेला पत्रकारलाई निशुल्क स्वास्थ्य जाँचबाट ठुलो राहत मिलेको झापालीको भनाई छ । आवश्यक परेको वेला पत्रकारलाई थप सहयोग जारी राखिने संचालक कार्कीले बताएका छन् ।