ब्लाष्टखबर । ओखलढुङगाको मोलुङ गाउँपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ ।
सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको १ नम्बर प्रदेश प्रहरीकार्यालय बिराटनगरले जनाएका छ । कार्यलयका अनुसार
घटनाकाे जानकारी पाए लगतै प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै, मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ ।