यासोक÷पाँचथरको हिलिहाङ गाउँपालिका—७ को टारीमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । झापाको विर्तामोडबाट खाद्यान्न बोकेर ताप्लेजुङतर्फ हिडेको प्रदेश नम्वर १–०१–००१ च ७६९१ नम्वरको पिकअप सोमवार विहान ९ः३० बजे जिल्लाको हिलिहाङ गाउँपालिका–७ टारीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी चालक ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बूका ३२ वर्षीय मिलन विष्ट र सोही स्थानकी २५ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए । उनका अनुसार खाद्यान्न बोकेर हिँडेको उक्त सवारी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खसेको थियो । मृतकह?को शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ ।