विराटनगर / प्रदेश नम्बर १ सरकारको मन्त्रिपरिषद्ले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ । 

यसैगरी  प्रदेश नम्बर १ निजी तथा साझेदारी फर्म दर्ता नियमावली २०७८ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बुधबार बसेको बेठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको वेधेयकको संशोधित मस्यौदा प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।