भद्रपुर/ झापामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गरेको पाइएको छ । मेची यातायात व्यवस्था कार्यालयका कर्मचारीले दलालमार्पmत् मोटो रकम लिएर सक्कलीजस्तै देखिने नक्कली लाइसेन्स बनाउने गरेको पाइएको हो । २०६८ सालयता यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रमा कडाइ गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि सवारी जाँचमा कडाइ गरेपछि नक्कली लाइसेन्सको बिगबिगी बढेको हो । यातायातका कर्मचारी, ड्राइभिङ सेन्टर, वरपरका यातायात व्यवसायी र पेशेवर दलालको संलग्नतामा नक्कली लाइसेन्स दिने गरिएको हो । ट्राफिकले जाँचको क्रममा विभिन्न स्थानबाट नक्कली लाइसेन्स फेला पारेपछि यसबारे पुष्टि भएको हो ।

ट्राफिकले जाँचको क्रममा फेला पारेको ०१–०४२१३६ नम्बरको लाइसेन्समा नाम यामकुमार महत र ठेगाना पृथ्वीनगर, झापा लेखिएको छ । वार्ड नम्बर लेखिएको छैन । ०६६ साउन २ बाट ०७१ साउन १ सम्म म्याद उल्लेखित सो लाइसेन्समा यातायातको नक्कली होलोग्राम स्टिकर टाँसिएको छ । सो लाइसेन्समा ए, बी, एफ र जी वर्गका सवारी चलाउने अनुमति पाएको उल्लेख छ । यातायात कार्यालयको अभिलेखमा भने सो नम्बरको लाइसेन्स सिराहको रामनगर मिर्चैयाका नथुनीप्रसाद शाहको नाममा ०६६ असोज २६ मा जारी भएर पाँच वर्षपछि नवीकरण भई पुनः ०७३ असार ६ बाट ०७६ असोज २३ सम्मका लागि नवीकरण भइसकेको देखिन्छ । उनले ए र बी वर्गको अनुमति पाएका छन् । त्यसैगरी मोरङको मिर्गौलिया–६ का यामबहादुर बराइली कामी लेखिएको ०१–०६७२३४ नम्बरको लाइसेन्स कार्यालयको अभिलेखमा भने झापाको मेचीनगर नगरपालिका–१० का शेखर शर्मा गुरागाईंको नाममा ०५८ पुस ९ मा जारी भएको देखिएको छ । त्यसैगरी झापाको हल्दिबारी–१ का नवीन आचार्यको नामको नक्कली लाइसेन्स सुनसरीको भरौलका जितेन्द्र राजधामीको ०१–०९९७८८ नम्बरको लाइसेन्स हो । झापाको चन्द्रगढीका कामीचन राजवंशीको ०१–०८२७२४ नम्बरको लाइसेन्स राजगढका गजेन्द्र राजवंशीको हो । सुनसरीकै डुम्राहाका बाबुराम चौधरीको ०२–७०३२५ नम्बरको लाइसेन्स नक्कली बनाएर झापाको हल्दिबारी–१ का सुनिल महतोले प्रयोग गरिरहेको यातायात व्यवस्था कार्यालयका अधिकृत मनोजकुमार ठाकुरले बताए । यी त केही उदाहरण मात्र हुन् ।

अनुसन्धानका क्रममा यी नक्कली पुष्टि भएको ट्राफिकले जनाएको छ । विभिन्न ट्राफिक पोस्टले यस्ता लाइसेन्स एक दर्जनभन्दा बढी फेला पारेका छन् । आप्mनो लाइसेन्स नक्कली पुष्टि भएपछि सवारी चालकहरु सम्पर्कमा नआएको ट्राफिकको भनाइ छ । लाइसेन्स जाँच गर्ने सप्mटवेयर नभएसम्म नक्कली लाइसेन्सको कारोबार नियन्त्रण हुन नसक्ने बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर ढुण्डिराज गिरीले बताए । यातायात कार्यालयमा भएजस्तै कम्प्युटरमा नम्बर हाल्नेबित्तिकै नक्कली र सक्कली छुट्याउने प्रविधि शुरु भएपछि समस्या आपैmँ हट्ने इन्स्पेक्टर गिरीको भनाइ छ । लाइसेन्स कारोबारमा संलग्नलाई कारवाहीको दायरामा नल्याएसम्म नक्कली लाइसेन्स नरोकिने उनले जनाए । पुष्टि भएका नक्कली लाइसेन्समा उल्लेखित व्यक्तिलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनबमोजिम कारवाही गरिने उनले बताए । कार्यालयका अधिकृत ठाकुरले नक्कली लाइसेन्स वितरणबारे अनभिज्ञता प्रकट गरे । आपूmले अहिलेसम्म कुनै पनि गलत क्रियाकलाप नगरेको उनी जिकीर गर्छन् । कार्यालयका सूचना अधिकारी टङ्कबहादुर कार्कीले पनि आपूmहरुबाट कुनै कमजोरी नभएको ठोकुवा गरे । यस्ता लाइसेन्स बनाउने ठूलो गिरोह रहेकोले अनुसन्धान गरिनुपर्ने कार्कीको भनाइ छ । लाइसेन्स हराएको बताएर प्रतिलिपि बनाउनेबाट गिरोहले होलोग्राम पुनः प्रयोग गरी नक्कली लाइसेन्स बनाउने गरेको कार्यालय प्रमुख जनार्दन भट्टराईले बताए । दलालका माध्यमबाट होलोग्रामको दुरुपयोग हुनसक्ने आशङ्का उनले व्यक्त गरे । कार्यालयका कर्मचारीको संलग्नतालाई भने उनले अस्वीकार गरे ।

ट्रायलमा असफल व्यक्तिबाट समेत मोटो रकम लिएर दलालहरुले लाइसेन्स वितरण गरेका कारण सेवाग्रही समस्यामा परिरहेका छन् । उनीहरुले १८ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेको बुझिएको छ । जाँच वा अन्य कुनै समस्यामा नपरेसम्म पाँच वर्ष चालकले थाहा नै पाउँदैन । नवीकरणका लागि यातायात कार्यालयमा जाँदा मात्र चालकले आप्mनो लाइसेन्स नक्कली भएको थाहा पाउने गरेका घटनाहरु कार्यालयमा आउने गरेको कर्मचारीहरु बताउँछन् ।