फाइल तस्विर[/caption]
जनकपुर / सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्याकाण्डका प्रमुख नाइके भनिएका रामविनोद यादवलाई जिल्ला अदालतले कसुर ठहर गर्दै जेल चलान गरेको छ । धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासले थप कारवाहीका लागि जेल चलान गर्न आदेश दिएको हो । हत्याकाण्डका प्रमुख योजनाकारका रुपमा रहेका यादवलाई न्यायाधीश डा. राजेन्द्र आचार्यले प्रहरीद्वारा पेश गरिएका सबुद प्रमाणका आधार दोषी रहेको ठहर गर्दै पुर्पक्षका निम्ति मङ्गलबार आदेश गरेका हुन् । यादवलाई महोत्तरीस्थित जलेश्वर कारागार चलान गर्न आदेश दिइएको हो । सिङ्घानियालाई २०६६ फागुन १७ गते होली खेलिरहेको समयमा गोली हाने हत्या गरिएको थियो । स्थानीय शिवचोमा होली खेलिरहेको अवस्थामा चार राउण्ड गोली प्रहार भएको थियो । सिङ्घानिया हत्याकाण्डमा विभिन्न ११ जनालाई प्रतिपक्ष बनाएर धनुषा प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमा धनुषा क्षेत्र नम्बर ४ का निलम्बित सांसद् सञ्जय साह, गणेशमान चारनाथ नगरपालिका–२ का चन्द्रदीप भनिने चनरदीप यादव, सोही ठाउँका रामकरण यादव, महोत्तरीका मुकेश चौधरीलगायत रहेका थिए ।