पथरी/ पोखराबाट इलाका प्रहरीकार्यालय पथरीमा आफ्नो मोटर साइकल लिन बोलाए पछि आएको सन्तविरसँग पनि प्रहरीले ४ हजार रकम असुलेको छ । प्रहरीले मोटरसाइकल पालैपालो प्रयोग गर्दा मर्मत खर्च भन्दै मागेपछि आफूले सो बराबरको दिएको टेलिफोन वार्तामा सन्तविरले बताएका छन् । उनले भने ‘सुरुमा ७ हजार मागेका थियो, मेरो मोटरसाइकल दुइ बर्ष कुदाएर थोत्रो बनाइदिनु भयो आफुले त्यतिको रकम दिन नसक्ने भनेपछि चार हजार त लिएरै छाड्यो । नभए त्यहाँबाट जानै नदिने भएको थियो ।’
सन्तविरले चाँदनी मोबाइल सेन्टरलाई ११ हजार,प्रहरीलाई ४ हजार,गाडी भाडा,मोटरसाइकल बनाउदा र तिन बर्षको यातायातमा कर तिर्दा ५०हजार गएको गुनासो गरे । अहिले मोटरसाइकल बेच्यो भने त्यतिमा जादैन् उनले भने । पोखरामा परिवारसँग ‘पावर टेल्लर’ हाते ट्याक्टरको भाडामा व्यावसाय गर्दै सन्तविरले पहिलो कमाइले मोटरसाइकल खरिद गरेका थिए । किनेको केहि महिनामै चारी भएको उनले बताए । यस विषयमा पथरी इलाका प्रहरीकार्यालयका इस्पेक्टर रमेश बस्नेतलाई बुझ्दा आफूहरुले यस्तो रकम कसैले नलिएको बताए ।
हराएको तिन बर्ष पछि सन्तविरले पाए आफ्नै मोटरसाइकल पथरी/ पोखरा बस्दै आएको सर्लाहि जिल्ला मुतिया ५ का ३९ बर्षी सन्तविर कुसुवारले आफ्नो चोरी भएको मोटरसाइकाल तिन बर्ष पछि पाएका छन् । आफ्नो ग ५ प ७२३४ नम्बरको मोटरसाइकल इलाका प्रहरीकार्यालय पथरीबाट गत साउन २७ गते हात पारेका हो । र्सलाही प्रहरीको सहयोगमा सत्तविरलाई जानकारी भएपछि मोटर साइकल लिन आएका इलाका प्रहरी कार्यालय इस्पेक्टर रमेश बस्नेतले बताए । पोखरामा परिवारसँग डेराबसी ज्यालादारी काम गर्दै आएको कुसुवारको आफ्नै डेरामा राखेको ठाउँबाट २०७१ चैत अन्तिममा हराएको टेलिफोन बार्तामा सन्तविरले सुनाए । सन्तविरले मोटरसाइकल पाउँदा नम्बर पिलेटमा को ४ प ८८७९ नम्बर लेखिएको थियो । लाइसेन्स र विलबुक ल्याएर आएको सत्विरले नम्बर अर्को देखे पछि आफु छक्क परेको बताए । पथरी प्रहरीले को ४ प ८८७९ दुइनम्बरी नम्बर भएकै मोटर साइकल पसलबाट बुझेका थिए । २०७१ तैत २० गते पथरीशनिचरे १ स्थीत पथरीको चाँदनी मोबाईल सेन्टरमा एक अपरिचित व्यक्ति पसलमा मोबाइल फोन लगेर को ४ प ८८७९ नम्बरको मोटर साइकल छाडेर गएका थिए । अपरिचित व्यक्तिले पसलमा मोबाइल किन्ने भन्दै सामसुङ्को ग्यालेक्सी जे वान, १३ हजार ५ सय रुपैया बराबरको मुल्य पर्ने मोबाइल मागेका थिए । सो व्यक्तिले मोबाई खरिद गर्ने भन्र्दै ग्राहकको नाम सावित्र सुब्बा लेखाउदै मोबाईल नम्बर ९८१७१७६८९८ कार्डमा लेखाएका थिए । उनले मोटरसाईकल,हेल्मेट र चाँबी पसलको टेबलमा राखेर त्यहि मोबाइलमा सिम लगाएर फोन गर्दै पसलेलाई केहि बेरमा आउने भन्दै हातले इसारा गरेर फोनमा गफ गर्दै पसलबाट हिडेका थिए । एक हप्ता सम्म नआए पछि चाँदनी मोबाइल सेन्टरको संचालक विशाल खड्काले प्रहरीलाई क्षतिपूर्ति सहित अनुसन्धान गरिदिन माग गर्दै मोटरसाईकल बुझाएका थिए । सोहि समयमा पथरी उद्योग वाणिज्य संघमा पनि निवेदन दिएका थिए । प्रहरीले अनुसन्धान गरी दोशीलाई पक्राउ गर्नको साटो प्रहरी आफैले प्रयोग गर्दै आएका थिए । इलाका प्रहरी कार्यालयका असई डिकराज प्रसाईले ११ महिना अघिबाट चोरीको मोटर साइकल प्रयोग गर्दै आएको समाचार प्रकाशित भएको थिए । ब्लाष्ट दैनिकले ‘चोरीको मोटरसाईकल प्रयोग गदै प्रहरी’ शिर्षकमा सामाचार ७२ फागुन १५ गते प्रकाशीत गरेकोे थियो । सामाचार आएपछि त्यो मोटरसाइकल इलाकाको इस्पेक्टर रमेश बस्नेतले सामाचार आएको छ प्रयोग नर्गन आग्रह गर्दै चाँबी खोसेको सई प्रसाईले उसबेला बताएका थिए । स्थानीय र सामाचारको बेवास्था गर्दै त्यस पछि कार्यालयको काम र व्यक्तिगत काममा इस्पेक्टर बस्नेतले प्रयोग गर्दै आए । ब्लाष्ट दैनिकले गत साउन २० गते ‘ चोरीको मोटरसाइकल प्रयोग गर्दै पथरी प्रहरी’ शिर्षकमा सामाचार आएपछि खोजि निति सुरु भएको थियो । प्रहरीले चोरीको मोटर साइकल प्रयोग गरेको यसरी पटक(पटक सामाचार प्रकाशित गरे पनि बेवास्था गर्दै पालै पालो प्रहरीले प्रयोग गर्दै आएको थियो । सन्तविरले सोही दिन चाँदनी मोबाइल सेन्टरको संचाकल विशाल खड्कालाई ११ हजार दिएका थिए । आफ्नो चोरी भएको १३५०० पर्ने मोबाइको रकम फिर्ता पाउँदा आफू खुसि भएको संचालक सड्काले बताए ।