भद्रपुर/ नेपाल आएर धर्म परिवर्तन गराउदै हिडेका अमेरिकन नागरिकलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।झापाको विभिन्न स्थानमा रहेर स्थानीयलाई उपचारको नाममा धर्म परिवर्तन गर्न बाध्य पारेको गुनासो आएपछि अनुसन्धानको लागी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अमेरिकाको फेलोरीडा बस्ने वर्ष ७० का फोमेश डोलानलाई दुई दिन अघि वनियानी प्रहरीको सहायतामा पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले बताए ।

उनलाई बनियानी ४ मा रहेको होस्मा एकाडेमी क्रिश्चयन चर्चमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ अनाथ तथा टुहुरा वालबच्चाको हेरचाहको लागी म आएको बताउदै हिडेका थिए । उपचारका लागीे येशुलाई सम्झदै सिंदुर र पोते निकाल्नु पर्ने शर्त अघि सारि गाउँलेलाई धर्म परिवर्तनको लागी दबाफ दिएको गुनासोको आधारमा पक्राउ गरिएको प्रवक्ता शर्माले बताए ।पक्राउ परेका व्यक्तिले आफु दोस्रोपटक नेपाल आएको बयान दिएका छन् ।
झापाको धुलावारी, झिलझिले,काकरभिट्टा लगायतको क्षेत्रमा घुमफिर गरेको प्रहरीलाई बताएको शर्माको भनाई छ । पक्राउपश्चात अनुसन्धानको क्रममा केहि धर्मका कुरा गर्ने गरेको,तर डाक्टर बनेको प्रमाण, भिषा कार्ड लगायत कानुनी कागजात नभएका कारण आवश्यक कारवाहीका लागी सोमवार अध्यागमन कार्यालय काकरभिट्टा जिम्मा लगाइएको शर्माले जनाए ।