पथरी/तिनवटा प्रहरी कार्यालयको बिचमा एक युवाको बिभत्स हत्या,हत्या भएको दोश्रो दिन मात्र प्रहरीले जानकारी पाउनु । घटना हो मोरङको पथरीको । इलाका प्रहरी कार्यालय पथरी,शसस्त्र प्रहरी बेश क्याप र सुरक्षा बेश क्यामबाट करिब पाँच सय मिटर दुरीमा बुधबार स्थानिय एक युवाको बिभत्स हत्या भएको अबस्थामा लाश फेला परेको छ । यसले पथरी प्रहरीको कार्यशैलीलाईं उदाङगो मात्र बनाएको छैन,प्रहरीप्रति जनताको भरोसा समेत टुट्न थालेको छ । भखरैे पथरीशनिचरे नगरपालीकामा भएका दुईवटा हत्याका घटना सेलाउन नपाउँदै पथरी बजार क्षेत्रमै अर्को एक युवाको विभल्स हत्या भएपछि पथरीको सुरक्षा ब्यबस्थामा चुनौती थपिएको छ ।
पथरीशनिचरे १ स्थीत गोसलाइनको ३५ बर्षिय गोविन्द्र दर्नालको बिभत्स हत्या भएको अबस्थामा बुधबार शब फेला परेको छ । हत्याराहरु अहिले सम्म प्रहरीले पहिचान गर्न सकेको छैन । दर्नाल कुखुराको मासु बेच्दै आएका थिए । पथरीको श्रीजंङ्गा धार्मिक वन क्षेत्रबाट दर्नालको शव क्षेतविक्षेद अवस्थामा फेला पारेको हो ।। घटना स्थलबाट प्रहरीले खुकुरीको दाप मात्र फेला पारेको जनाएको छ । पारम्भिक अनुसन्धानमा हत्या मंगलबार राती ११ बजे भित्र भएको हुन सक्ने प्रहरीको अनुमान छ । भुटानी शर्णरार्थी शिविरको जंगलको बाटो भएर आउने बाटोमा रगतको भेटिएको हुनाले हत्या अन्तै भएर त्यहाँ ल्याएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालयको सई डिकराज प्रसाईले घटना अन्तै भएको हुन सक्ने बताएका छन् । दर्नालकोे घाँटीको आधा भाग खुकुरीले रेटिएको, ढाडको भागमा खुकुरीले लामो भाग चिरिएको र पेटमा भालाले रोपेकोे अवस्थामा फेला पारेको सई प्रसाईले बताए । शवलाई पोष्टमाटमको लागी उर्लाबारी स्थीत थापाचौक मंगलबारेको प्राथमिक स्वास्थ केन्द्रमा बुधबारनै लगिएको र हत्या गर्ने व्यक्तिको खोजिकार्य भैरहेको इस्पेक्टर रमेश बस्नेतले बताए .