विजयपुर /धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको केटिएम सेक्युरिटी सर्भिसका सहायक म्यानेजर र उनका सहयोगीलाई इलाका प्रहरी कार्यालय धरानले लागु औषध समन्धि मुद्धा दायर गरेको छ । शुक्रबार जिल्ला अदालत सुनसरीमा केटिएम सेक्युरीटी सर्भिसेजका सहायक म्यानेजर धनबहादुर राई (पचासी) र उनका सहयोगी राजु राईलाई मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

[caption id="attachment_12414" align="aligncenter" width="675"]85 लागुऔषध कारोबार सम्बन्धि मुद्धामा फरार आरोपी धनप्रसाद राई (पचासी)[/caption]

धनबहादुर फरार रहेकाले खोजी कार्य भईरहेको खतिवडाले जानकारी दिए । उनका सहयोगी राजुलाई बिहिबार नै पक्राउ परेका थिए ।बिहिबार इलाका प्रहरी कार्यालय धरानका टोलिले धनबहादुर राईको कोठाबाट लागुऔषध बरामत गरेको थियो । विपी प्रतिष्ठान जस्तो संबेदनशील क्षेत्रको सुरक्षा गर्ने ठेक्का लिएको केटिएम सेक्युरीटी सर्भिसेज प्रालीका गार्ड लागुऔषध समन्धि गतिबधिमा संलग्न भएको भन्दै प्रहरीले प्रतिष्ठानमा थप निगरानी बढाएको छ । श्रोतले दिएको जानकारी अनुसार धनबहादुर राईका साथी राजु राई दैनिक जसो त्यहाँ आउने गरेका थिए । केटिएम सेक्युरीटीका मानब संसाधन बिभागका महा–प्रबन्धक भरतप्रसाद संगौलाले ब्लाष्टमा प्रकाशित समाचारको बिषयमा खण्डन पठाउदै धनबहादुरले प्रयोग गरेको कोठा केटिएम सेक्युरीटीले उपलब्ध नगराएको बताएका छन् । स्मरणीय छ धनबहादुर राई केटिएम सेक्युरीटीकै कर्मचारीको हैसियतमा प्रतिष्ठान भित्र बस्दै आएका थिए । संग्रौलाले राई सह प्रबन्धक नभएको बताएपनि राई कुन पोष्टमा थिए भन्ने खुलाएका छैनन् ।

 
केटिएमका कार्यकारी निर्देशक रामेश्वर शाहले सुरक्षा ठेक्का लिएपछि गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठान भित्रको सुरक्षा ब्यबस्था मिलाउने बताएका थिए । उनले सम्पुर्ण सुरक्षागार्ड तथा कर्मचारीले केटिएम सेक्युरीटीको नियम भित्र चल्नु पर्ने बताएका थिए । उनकै भनाईलाई आधार मान्ने हो भनेपनि प्रतिष्ठान भित्र कुनैपनि सुरक्षा गार्डले गर्ने गैरकानुनी गतिबिधीको नैतिक जिम्मेवार केटिएम सेक्युरीटीपनि हुन्छ ।

महा प्रबन्धक संग्रौलाले सुरक्षा गार्डहरुसँग सम्झौता गर्दा बिशुद्ध पेशागत सेवाका लागि मात्र नियुक्ती गरको जनाएका छन् । जिफन्टका सुनसरी सचिब शम्शेर बर्देवाले ‘यस अघि सामान्य गल्ति गर्ने सुरक्षा गार्डलाई निश्कासन गर्ने र कारबाही गर्ने केटिएमले लागु औषध जस्तो जधन्य अपराधमा मुछिएका आफ्ना गार्डलाई कारबाही नगर्नुले यस केसमा केटिएमले धनबहादुर राईलाई संम्रक्षण गर्न खोजेको स्पस्ट भएको बताए ।