धरान/एमाले सरकारले फिर्ता बोलाएको राजदुतलाई पुनः प्रचण्ड सरकारले सोही ठाँउमा पठाउन लागेको प्रति एमालेले विरोध गरेको छ । deepkumar जसबाट मूलुकको लागि घातक हुनेसमेत बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले मंगलवार संसदीय सुनवाई विशेष समितिका बैठकमा दीपकुमार उपाध्यायलाई भारतका लागि राजदूत सिफारिस गरिएकामा पार्टीको तर्फबाट असहमति दर्ज गरेका छन् । सर्बोच्च अदालतको एकल इजलासले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन आदेश दिएकै बेला सरकारले भारत र चीनका लागि राजदूत सिफारिस गरेकोप्रति एमालेको विरोध रहेको ढकालले बताए । प्रचण्ड नेतृत्वको सरकारले यही भदौ १६ गते भारतका लागि उपाध्याय र चीनका लागि लिलामणि पौडेललाई राजदूत सिफारिस गरेको छ ।