ind धरान/नेपाली महिलालाई बलात्कार गरेको आरोपमा आफन्तहरु समातिएको भन्दै कञ्चनपुरको दोधारा चाँदनी गाविसमा भारतीयले नेपालीलाई आक्रमण गरेका छन् । बतात्कारीलाई मुद्धा नचलाउन दबाद दिएका भारतीयहरुले बिहिबार राति करिब ११ बजे पीडितका आफन्तलाई उनीहरुले कुटपिट गरेको इलाका प्रहरी कार्यालय दोधाराले जनाएको छ । गत मंगलबार दोधारा चाँदनी नगरपालिका की ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश नौजलीया २ स्थित बंगालीवस्तीका सरद राय पक्राउ परेका थिए । उनलाई हिरासतमा राखिएको छ । बिहिबार दिउँसो दुईपक्षबीच छलफल भएको र छलफलमा पीडित पक्षले रायलाई मुद्धा चलाउने अडान राखेका थिए । मुद्धा चलाउने अडान राखेकै कारण राति एक्कासी आक्रमण भएको जनाइएको छ । भारतीयहरुको आक्रमणबाट स्थानिय ५५ वर्षका तुलबहादुर सुनार, उनकी ३० वर्षीया श्रीमती गिता सुनार र १५ वर्षीया नाती चन्द्र सुनार घाइते भएको प्रहरीले जनाएको छ ।