बैतडी/अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ । motercycle श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए । सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।