धरान/१६ बर्षे एक किशोरीलाई बलि दिने उद्देश्यले अपहरण गर्ने गिरोह बिरुद्ध नेपाल प्रहरीले अप्रेशन थालेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले बलि दिन १६ बर्षे युवती अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

anda

गत साउन १४ गते काठमाडौं सानो भर्‍याङबाट तान्त्रिक विधिद्वारा चामत्कारिकरुपमा धनि हुने भन्दै एक किशोरीको अपहरण गरिएको थियो । तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि तनहुका भोजबहादुर थापा सहितको टोलिले किशोरीको अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अपहरण गर्ने गिरोहका सदस्य भोजबहादुर थापालाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ थापा लाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।युवतीलाई सानोभर्‍याङबाट अपहरण गरी थापा सहितको समूहले नागर्जुनस्थित, काठमाडौंस्थित घरमा बन्धक बनाएर राखेका प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

अपहरणमा परेकी किशोरी ३२ गते बन्धक बनाएको स्थानबाट भाग्न सफल भएपछि उनले प्रहरीको शरण लिएकी थिईन ।प्रहरीले अपहरणमा संम्लग्नहरुलाई काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता गरि सकेको छ ।