विजयपुर/ चाडपर्व नजिक आउँदै गर्दा चोरी र आपराधिक गतिविधिहरु बढ्न सक्छन् । धरानमा भने प्रहरीले अपराध नियन्त्रण गर्न ‘हेलो पुलिस’ अभियान नै शनिबार शुरु गरेको छ । यो अभियानले अपराध नियन्त्रण गर्न निकै ठूलो सहयोग मिल्ने प्रहरीको दावी छ । अभियानको थालनी कोशी अञ्चलका एसएसपी पवनप्रसाद खरेल र दुईजना विद्यार्थीले गरेका छन् । [caption id="attachment_13510" align="aligncenter" width="750"]ssp स्टिकर टास्न बिद्यार्थीलाई सहयोग गर्दै एसएसपी पवनप्रसाद खरेल । तस्विर –उपेन्द्र चाम्लिङ[/caption] एसएसपी खरेल र दुईजना विद्यार्थीले भानुचोकका निजी तथा सार्वजनिक गाडीमा इलाका प्रहरी कार्यालय, धरानभरि रहेका १४ वटा प्रहरी कार्यालयका प्रमुख र जिल्लास्थित प्रहरी कन्ट्रोल रुमको फोन नम्बर भएको स्टिकर टाँसेर अभियानको शुरुआत गरेका थिए ।प्रहरीले धरान क्षेत्रका २८ हजार घरमा स्टिकर पु¥याउने योजना बनाएको छ । ‘इलाका प्रहरी कार्यालयको मातहतमा १४ वटा प्रहरी कार्यालय छन् । सबै कार्यालयका प्रमुखहरुको मोबाइल नम्बर घर–घरमा पु¥याएर टाँस्न लगाउँछौँ’, धरानका डीएसपी ढकेन्द्र खतिवडाले भने, ‘अब हरेक नागरिकले घरछेउको प्रहरीबाटै सुरक्षा पाउने छन् ।’ कतिपय घटनाका सूचना प्रहरीसम्म ढिलो आइपुग्ने गरेकाले ‘हेलो पुलिस’ अभियानले घटना हुनुअगि नै वा हुनासाथ खबर आउने विश्वास लिएको उनको भनाइ छ । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत सञ्चालन हुने ‘हेलो पुलिस’ मा स्टिकर छाप्न प्याब्सन तथा एन प्याब्सन सुनसरी र हिसान सुनसरीले सहयोग गरेका छन् । ‘प्रहरी र नागरिकको सहयोगमा शान्ति सुरक्षा कायम गर्ने हाम्रो अभियान हो’, अभियान शुरु गर्दै एसएसपी खरेलले भने, ‘प्रहरीले सधैँ नागरिकबाट सूचना चाहन्छ ।’ कुनै घटना हुन लागे तथा भएमा तत्काल खबर गर्न उनले र्वसाधारणलाई आग्रह गरे । उनले आपराधिक गतिविधिसम्बन्धी सूचना दिने नागरिकको परिचय गोप्य राखिने पनि बताए । कार्यक्रममा बोल्दै प्याब्सनका सुनसरी अध्यक्ष नरबहादुर थापाले शान्ति सुरक्षा कायम गर्न नागरिकले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने भन्दै आपूmहरुले नागरिकको कर्तव्य पूरा गरेको बताए । ‘अपराध नियन्त्रण गर्ने र अपराधी समात्ने प्रहरीको काम हो, अपराधसम्बन्धी सूचना दिनु हाम्रो दायित्व हो ।’ थापाले भने । यस्तै एन प्याब्सनका सुनसरी अध्यक्ष गणेश राईले धरानको शान्ति सुरक्षा गर्ने जिम्मेवारीलाई विनाबर्दीका प्रहरीको रुपमा आपूmहरुले सहयोग गरेको बताए । चाडबाडको बेला हुन सक्ने घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारेको धरान प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश श्रीमलले कुनै शंकास्पद व्यक्ति देखिए वा घटना भए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरे । हिसानका सुनसरी उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र साह, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालगायत उपस्थित थिए ।