धरान/बालकहरुमाथी यौन शोषण गर्ने एक अमेरिकी नागरिकलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । ब्युरोले बाल यौन दुराचारमा संलग्न ४८ वर्षीय अमेरिकी नागरिक केन्निथ जोसेफ कोम्बस उनका सहयोगी काठमाडौं स्वयम्भू बस्ने २१ बर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई नियन्त्रणमा लिएको छ । ब्युरोले पाँच जना पिडित बालकहरुको उद्धार पनि गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई ठमेल स्थित यम्बु होटलबाट गरिएको हो । बालकलाई होटल परिसरबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ । pakrau-chor पटक–पटक नेपाल आएका निज अमेरिकी नागरिकले पछिल्लो पटक २३ अगष्ट २०१६ (भदौ ७) देखि निरन्तर होटलमा बसी आफ्नो सहयोगीमार्फत विभिन्न स्थानहरूबाट दर्जनौं नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी आफु बसेको होटलसम्म ओसारपसार गर्न लगाई बाल यौन दुराचार तथा यौन शोषणसमेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजना विरुद्ध काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।