धरान/ कर्मचारीमाथि यौन दुव्र्यवहार गरेका केटीएम सेक्युरिटीका प्रमुखहरुविरुद्ध दिइएको उजुरी प्रहरीले लिन मानेको छैन । प्रहरीले घटना वास्तविकताभन्दा बाहिर गएको आशङ्का गर्दै मुद्दा दर्ता गर्न नमानेको हो । प्रहरीले माथिल्लो निकायकै दवाबमा उजुरी दर्ता नगरेको प्रष्ट हुने पीडितहरुले दावी गरेका छन् ।

police

केटीएमका सद्भावना दूतसमेत रहेका सन्तोष पन्तले आपूmमाथि यौन दुव्र्यवहार गरेको पीडित महिला सुरक्षाकर्मीले आरोप लगाएकी थिइन् ।शनिबार बिहान (राति) साढे २ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको न्यु प्रेरणा गल्र्स होस्टेलको ८ नम्बर गेटमा पुगेर उनीहरुले सुरक्षागार्डलाई ढोका खोल्न दवाब दिएका थिए । रक्सीले मातेर पुगेका उनीहरुले जाँचको बहानामा यौन दुव्र्यवहार गरेको पीडितले बताएकी छन् । यसै विषयमा उजुरी दिन पीडितसहित महिला अधिकारकर्मीहरु इलाका प्रहरी कार्यालयमा पुगेका थिए । शनिबार सार्वजनिक बिदाको दिन भन्दै उजुरी लिन प्रहरीले मानेन ।

आइतबारसमेत प्रहरीले उजुरी दर्ता गर्नै नमानेको महिला सञ्जाल धरान नगर समिति अध्यक्ष शिला बज्राचार्यले बताइन् । ‘आज पनि खासै प्रगति भएन । पीडितहरु सन्तोष पन्तलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’ उनले आइतबार भनिन् । धरानका डीएसपी ढकेन्द्रप्रसाद खतिवडाले अनुसन्धानको प्रारम्भिक चरणमा आपैmँले वस्तुस्थिति बुभ्mने प्रयास भइरहेकाले जुनसुकै बेलामा पनि मुद्दा दर्ता हुनसक्ने बताए ।

‘यसको म्याद छँदैछ, म्याद जाँदैन । वास्तविक कुरा बुझेपछि प्रक्रिया अघि बढिहाल्छ ।’ उनले भने । केटीएमले भने यस विषयमा आप्mनो आधिकारिक धारणा हालसम्म सार्वजनिक गरेको छैन ।