धरान /मनासलु पदमार्गमा बिहीबार गएको पहिरोमा परि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ बिदेशी पर्यटकसहित ४ जना रहेका छन् । पहिरोमा परि ६ जना घाइते भएका छन् । गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान ९ झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेले दिएको जानकारी अनुसार स्पेनिस नागरीकको सनाखत भएको छैन । त्यस्तै नेपालीहरू काठमाडौ गोकर्ण बस्ने दोर्जे लामा र छिरी शेर्पा तथा ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी पाण्डेले जानकारी दिए । manaslu पहिरोमा परि घाइते भएका ६ जनाको फिस्टेल एयरको हेलिकप्टरमार्फत उद्दार गरी काठमाडौं पठाइएको एसपी पाण्डेले जानकारी दिए । पहिरोको जानकारी आएपछि माथीखोला प्रहरी चौकी र जगत प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेर पीडितको उद्दार गरेका थिए ।