[caption id="attachment_3147" align="aligncenter" width="300"]kairo_heroin1 फाइल तस्विर[/caption]

धरान  / औषधि व्यवस्था विभागको कार्यालयमै खैरो हेरोइन फेला परेको छ । विभागको बिजुलीबजारमा रहेको पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराज भित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजीटल तराजु फेला परेको प्रहरीले जनाएको छ ।  लागुऔषध नियन्त्रण ब्युरोले केही दिन समय पहिले खैरो हेरोइनको कारोबारी सुनिल गुप्ताले दिएको जानकारी अनुसार विभागको स्टीलको दराजबाट हिरोइन बरामद गरेको हो । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताए पछि ब्युरो टोली बुधबार विभाग पुगेर छापा मारेको थियो । गुप्ताले भने अनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीमा सुर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो । उक्त हिरोइन गुप्तासँग किनेको बताएका थिए । गुप्तासँग हेरोइन किने अन्य प्रकाश जोशी, सद्दाम अन्सारी र बिरेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरि सकेको छ ।