बैतडी/दुई दिनदेखि बेपत्ता रहेका बैतडीको गुरुखोलाका एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा गुरुखोला–६ सुनीका १४ वर्षीय वीरेन्द्र सिंह टेर रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । बुधबार दिउँसो एक्कासि घरबाटै बेपत्ता भएका बालक बिहीबार घरनजिकैको खरखिरे जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । बालक किन झुन्डिए भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस