विजयपुर/ प्रहरी कार्यालय र प्रहरीका उच्च अधिकारीहरुसँग निकट सम्बन्ध राख्दै अाफुलाइ समाजसेवीका रुपमा चिनाउने एक व्यक्तिले अाफ्नै छिमेकीलाई प्रहरीबाट छुटाउन डेढ लाख रुपैयाँ घूस मागेको रहस्य खुलेको छ । अअप्सरा ड्राइभिङ सेन्टर सञ्चालक धरान–४ का देबु सिटौलाले अाफ्नै छिमेकीलाई प्रहरीबाट छुटाउन पैसा मागेको तथ्य फेला परेको छ ।
पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरेसँग अाफ्नाे निकट सम्बन्ध भएको बताउँदै उनी प्रहरीमा अाफ्नाे बलियो पहुँच भएको दावी गर्छन् । उनले त्यही ‘शक्ति’ लाई प्रयोग गर्दै अाफ्नै छिमेकीलाई छुटाउन ‘बिचौलिया’ का रुपमा रकम मागेका हुन् । उनले मोबाइलमा कुरा गर्दै ‘धरौटीबापत्को पैसा शुरुमै बुझाउनुपर्छ तर कसैलाई हल्ला नगर्नू’ भनेको ‘कल रेकर्ड’ ब्लाष्टसँग सुरक्षित छ । त्यस आधारमा सिटौलाले प्रहरीसँग निकट सम्बन्ध राखेर विभिन्न मुद्दामा बिचौलियाका रुपमा काम गर्ने गरेको पुष्टि हुन्छ । ‘कल रेकर्ड’ मा सिटौलाले ७५ हजार रुपैयाँ मागेका छन् । ‘शुरुमा डेढ लाख मागिएको थियो, पछि एक लाखमा केश सकिन्छ भनेका थिए ।’ स्रोतले भन्यो । ‘कल रेकर्ड’ अनुसार सिटौलाको ग्याङमा दिनेश र अनुप नाम गरेका व्यक्ति पनि सम्मिलित छन् ।
त्यसमा सिटौलाले पीडितका आफन्तलाई पटकपटक धरान–४ मा रहेको अाफ्नाे अप्सरा ड्राइभिङ सेन्टरमा गएर अनुप दाइलाई भेट्न र उनले जे भन्छन्, त्यही गर्न भनेका छन् । सिटौलाको फोनबाट ‘म दिनेश दाइ हौ’ भन्दै अर्का व्यक्ति पनि बोलेका छन् । उनले ‘समयमै काम गर न हौ भाइ, तिमीहरु त कस्तो खालको †’ भन्दै पीडित पक्षका आफन्तलाई तर्साउने काम पनि गरेका छन् । असोज १९ गते प्रहरीले तास खेलेको आरोपमा धरान–१ बाट चारजनालाई पक्राउ गरेको थियो । धरान इलाका प्रहरी कार्यालयले भने पक्राउ परेकाहरुलाई अदालत खुल्ने दिन अर्थात् असोज ३० गते बिहान प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडेको छ । ‘उनीहरुलाई प्रहरीकै निगरानीमा रहने गरी छाडिएको हो ।’ धरानका डीएसपी ढकेन्द्र खतिवडाले भने ।
डीएसपी खतिवडाले आर्थिक लेनदेनलाई अाफ्नाे कार्यालयमा निषेध गरेको जनाउँदै यो विषयमा पनि कोही कसैसँग आर्थिकसम्बन्धी कुरा नभएको बताए । रकम माग गर्ने सिटौलाले भने ‘डीआईजी साबहरुसँग दाजुभाइको सम्बन्ध रहेको’ बताए । छिमेकीसँग पैसा माग गरेको पनि उनले स्वीकार गरेका छन् । छिमेकी भाउजूले नै फोन गरेर कति पैसा लाग्छ भनेर सोधेको उनले बताए । ‘मैले पैसा मागेको हैन, यो निराधार कुरा हो’ भन्दै शुरुमा प्रतिवाद गरेका उनले पैसा माग गर्दा भएको संवादका शब्दहरु सुनाएपछि आपूmले पैसा माग गरेको स्वीकार गरेका थिए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने मुद्दा मिलाउँछु भन्दै बिचौलियाका रुपमा पैसाको लेनदेन गर्नु दण्डनीय भएको बताए । ‘यस्तो केशमा बार्गेनिङ गरेको प्रमाण पाइए अनुसन्धान गरी कारवाही गर्छु ।’
एसपी पोखरेलले भने । ‘प्रहरीमा आएका हरेक मुद्दा कानूनअनुसार टुङ्गिन्छन्, त्यसरी बिचौलियाको काम गर्नेलाई कारवाही हुन्छ ।’ पूर्व क्षेत्रका डीआईजी घिमिरेले भने, ‘कुनै पनि जुवातासको कुरा मसम्म नआएकाले जसले कुरा गरे, उनैसँग कुरा गर्नुस् ।’ उनले सिटौलासँगको सम्बन्धबारे भने केही बोल्न चाहेनन् ।