भारदह /  सप्तTMPDOODLE1476058930489रीको भारदहस्थित कंकालिनी शक्तिपिठमा विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । आज दशैको नवमी तिथिमा उक्त मन्दिरमा राँगा, बोका बलि दिने गरिन्छ । एक सय भन्दा बढि राँगा बलिका लागि नाम टिपाई सकेको कंकालिनी  मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सप्तरी डिमनका ४५ बर्षिय जागेश्वर यादव ५ बर्षदेखि राँगा बलि दिदै आएको बताए । तर यस बर्ष भने बोका बलि दिन लागेको उनले बताए ।' केही समस्या पर्योकी कंकालिनी भगवतीलाई सम्झन्छु । भाकल गर्छु । मेरो मनोकाक्षा पुरा भए पछि उनी बलि दिन्छु,  मन्दिर परिसरमा भेटिएका यादवले भने -'यस पटक जेठो छोराको राम्रो जागिर पाएको नाममा भगवतीलाई बलि दिदैछु ।' समस्या पर्दा कंकालिनीमा आएर बरदान माग्नेर मनोकाक्षा पुरा भए पछि बलि दिने यहाँको पुरानो चलन कायमै छ । नेपाल तथा भारतबाट यहाँ राँगा बलि दिन आउने गरेका छन् । आज गाँउ गाँउबाट यहाँ मानिसहरु भेला हुने गर्छन । दशै उत्सवको रुपमा यहाँ हर्षबढाई गरिन्छ । भारदहदेखि पूर्व ५ किमी सडक नै आज TMPDOODLE1476058958452भक्तजनहरुको घुईचोले जाम हुने छ । तस्विरहरुः देबेन्द्र कार्की