Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • काकाकुल हलेसीमा दूधकोशीको पानी

काकाकुल हलेसीमा दूधकोशीको पानी

alt
  • असार १८, २०७६
  • रासस
 
खाेटाङ / धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी शुरु गरिएको खानेपानी आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ ।
दूधकोशीको पानी लिफ्ट गरेर गाउँमा सुक्खाग्रस्त क्षेत्र हलेसी, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई वितरण गर्ने उद्देश्यले शुरु गरिएको बृहत् पम्पिङ प्रविधिको खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइएको हो । करीब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार, वितरण केन्द्रको ट्याङ्की निर्माण र पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाढि बढाइएको छ ।
महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर अग्लो डाँडामा पानी निकालेर वितरण गरिनेछ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।
“विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने काभ्रेमा निर्माण गरिने ट्याङ्कीमा जम्मा गरेर चार वटा वडाका उपभोक्तालाई वितरण गरिनेछ”, उनले भने, “एक हजार ७२४ मिटर उचाइ रहेको भुम्जुडाँडामा निर्माण गरिने अर्को ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताको घरघरमा पु¥याउने योजना बनाइएको छ ।” दुवै स्थानमा निर्माणाधीन ट्याङ्की १२/१२ लाख लिटर क्षमताको हुने जनाइएको छ । काभ्रे र भुम्जु दुवै ठाउँमा चार/चार लाख लिटरको तीन/तीन वटा ट्याङ्की निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिए ।
नजिकमा पानीको स्रोत नभएको, भएको स्रोत सुक्दै गएको र अन्यत्रबाट पानी ल्याउने सम्भावना कम भएका कारण नदीकै पानी लिफ्टिङ गरेर निकाल्ने आयोजना शुरु गरिएको जनाइएको छ । उत्तरी क्षेत्रमा पर्ने तापखोला, भाङ्गुखोला, चिमचिमाखोला र नाखामखोलाबाट उक्त सुक्खाग्रस्त क्षेत्रमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । करीब दुई हजार २०० मिटर तल रहेको दूधकोशी नदीको पानी हलेसी क्षेत्रमा निकाल्न खानेपानी तथा ढल निकास विभागको टोलीले विस्तृत सर्भेक्षणको काम गरेको थियो । लिफ्टिङको मुख्य लाइनका लागि महादेव खिम्ती कन्स्ट्रक्सन र वितरणका लागि लामा कन्स्ट्रक्सन र सगरमाथा कन्स्ट्रक्सन प्रालि जेभीले जिम्मा लिएको छ । करीब रु एक अर्ब लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा आसपासमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ ।
सडकको सुविधा नभएका ठाउँमा बसोवास गर्ने स्थानीयवासी घण्टौँ लगाएर डोकोमा बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सात वटा वडामा उक्त रमस्या रहेको छ । मानिसले घण्टौँ टाढाबाट बोकेर ल्याएको पानी उपभोग गरे पनि पशुचौपायको लागि ज्यादै समस्या रहेको छ । वर्षायाममा घरको छानाबाट झरेको पानी पाइपमार्फत जम्मा गरेर उपभोग गर्दै आएका हलेसी तथा आसपासका स्थानीयवासी यस वर्ष भने अहिलेसम्म वर्षात् शुरु नहुँदा झनै समस्यामा परेका छन् । खानेपानी अभावकै कारण हलेसी आसपासका स्थानीयवासीको कतिपय बालबालिका विद्यालय जानबाट समेत वञ्चित भएका छन् ।
वैदेशिक रोजगारी तथा अन्य कामका सिलसिलामा अभिभावक घर बाहिर रहेका कतिपय परिवारका बालबालिका आफैँ पानी बोक्न जानुपर्ने बाध्यताले विद्यालय जानबाट वञ्चित हुने गरेका वडा नम्बर–३ च्यास्मिटारका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हलेसी नगर समितिका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए । मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसी क्षेत्रका कतिपय स्थानीयवासी खानेपानी अभावकै कारण बसाइँ सरेर अन्यत्र गइसकेका छन् । लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी ढिलै भए पनि नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम अघि बढेपछि हर्षित भएका छन् ।
सम्बन्धित समाचार
ऊर्जा मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक पदमुक्त

विजयपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस

विजयपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सि ...

माइतीघर मण्डलाबाट दीपाको प्रश्नः सरकार, कोठा खाली छ ?

विजयपुर । काठमाडौँको मुटुमा छ माइतीघर मण्डला–जहाँ कहिले विद्रोह, कहिले पीडा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ऊर्जा मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक पदमुक्त
वैशाख २१, २०८३
आशा जगाउने बजेट आउँछ: अर्थमन्त्री वाग्ले
वैशाख २१, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस
वैशाख २१, २०८३
माइतीघर मण्डलाबाट दीपाको प्रश्नः सरकार, कोठा खाली छ ?
वैशाख २१, २०८३
सुकुमबासीको दिगो समाधानका लागि पहलः प्रधानमन्त्री शाह
वैशाख २१, २०८३
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वैशाख २१, २०८३
राजनीतिक नियुक्तिलाई अध्यादेश ल्याई लगाम
वैशाख २१, २०८३
फाल्गुनन्दको पर्यटनः प्रकृति र मुन्धुमको संयोजन
वैशाख २१, २०८३
ठूला करदाताको बानी सुधारौं
वैशाख २१, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २१ गते सोमबार
वैशाख २१, २०८३
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
वैशाख २०, २०८३
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
वैशाख २०, २०८३
झापा र सुनसरीबाट ब्राउन सुगरसहित सात जना पक्राउ
वैशाख २०, २०८३
बिमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजारसहित दुई पक्राउ
वैशाख २०, २०८३
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धरानमा प्रभातफेरी
वैशाख २०, २०८३
ऊर्जा मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक पदमुक्त
वैशाख २१, २०८३
आशा जगाउने बजेट आउँछ: अर्थमन्त्री वाग्ले
वैशाख २१, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस
वैशाख २१, २०८३
माइतीघर मण्डलाबाट दीपाको प्रश्नः सरकार, कोठा खाली छ ?
वैशाख २१, २०८३
सुकुमबासीको दिगो समाधानका लागि पहलः प्रधानमन्त्री शाह
वैशाख २१, २०८३
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वैशाख २१, २०८३
राजनीतिक नियुक्तिलाई अध्यादेश ल्याई लगाम
वैशाख २१, २०८३
फाल्गुनन्दको पर्यटनः प्रकृति र मुन्धुमको संयोजन
वैशाख २१, २०८३
ठूला करदाताको बानी सुधारौं
वैशाख २१, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २१ गते सोमबार
वैशाख २१, २०८३
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
वैशाख २०, २०८३
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
वैशाख २०, २०८३
झापा र सुनसरीबाट ब्राउन सुगरसहित सात जना पक्राउ
वैशाख २०, २०८३
बिमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजारसहित दुई पक्राउ
वैशाख २०, २०८३
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धरानमा प्रभातफेरी
वैशाख २०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क