विजयपुर । धरान–५ देउराली बस्ने आशा राईलाई सहयोग जुट्न थालेको छ । उच्च रक्तचाप, मधुमेहबाट ग्रसित आशा राईलाई सहयोग जुट्न थालेको हो ।
उनलाई नेपाली कांग्रेस सम्बद्ध युवा संगठन तरुण दल क्षेत्र नं. १ का उप-सभापती तथा विश्वकर्मा यूवा समाज धरानका सल्लाहकार मिलन शंकरले ब्यक्तिगत रुपमा ६ हजार रुपैयाँ सहयोग गरेका छन ।
आशा राईको ३ दिन अगाडी ब्लाष्टले ‘लकडाउनले बाच्नै गाह्रो बनायो’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसपछि उनलाई सहयोग जुट्न थालेको छ । उनलाई सहयोग लागी धरान–७ निवासी रीता राईले पनि पहल गर्दै आएकी छन । सहयोग गर्दै क्षेत्रीय सभापती मिलन शंकरले भने, ‘मैले व्यक्तिगत रुपमा तत्काल केहि राहत होस भनेर गरे अब उहाँलाई स्थापित गराउन पहल गर्छु’ उनले थपे, ‘मेरो साथिको आमा मेरो पनि आमा हो त्यसैले म स्थापित गराउँछु ।’ मिलनलाई देखेपछि छोरालाई सम्झेर आशा राई भाव विह्वल भएकी थिइन ।
कोठाभाडामा बस्दै आएकी आशाले लकडाउनको भाडा तिर्न नसकेपछि घरवालाले ३ महिनाको भाडा छुट गरि निकाली दिएका थिए । त्यसपछि उनी विवाहित छोरीकोमा सहारा लिएर बसेकी छन । उनको एउटा घँुडा राम्ररी नचल्ने भएकोले काम गरेर जिविकोपार्जन गर्न नसक्ने अवस्थामा छिन । छोरीकोमा पनि समस्या भएपछि समाजसेवी रीता राई मार्फत मिडियामा आएकी थिइन् । उनले आफुसँग भएको ५ वटा बाख्रा बेचेर खाएपछि उनलाई समस्या परेको थियो । आशाले अब फेरी बाख्रा किनेर पाल्ने र जिविकोपार्जन गर्ने वताएकी छन । उनलाई त्यसको लागी अझै केहि सहयोगको आवश्यक रहेको छ । उनलाई अन्य समाजसेवीहरुले पनि सहयोग गर्ने भएका छन ।