मोरङ/मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा बसिरहेका बेला अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । 

दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका स्थानीय २० बर्षीय नितेस रायको मृत्यु भएको हो । उनलाई उपचारको लागि रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ । 

यस्तै, स्थानीय ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय र २७ बर्षीय रबिन मण्डल घाईते भएका छन् ।