खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित  एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद  ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । 

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद  पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।