धरान । आफ्नै मामाले नेपाल ल्याई अलपत्र पारेकी म्यानमारकी युवतीलाई धरानमा खाद्यान्न सहयोग वितरण गरिएको छ ।
महिला अधिकारकर्मी तथा नेपाली काङ्ग्रेसकी नेतृ मिना पुलामीको पहलमा ति पिडित युवतीलाई एक बोरा चामल लगायत आवश्यक खानेकुरा प्रदान गरिएको हो । उनका लागि लायन्स क्लबमा सक्रिय समाजसेवी रेखा गुरुङले चामल तथा मिना पुलामीले दाल, तेल लगायत अन्य खानेकुरा दिएका हुन् । पुलामीले पिडित युवती बारे खबर पाएपछि उनलाई सम्पर्क गरेर सहयोग प्रदान गरेको बताईन् ।
उनले पछिल्लो लकडाउनका समयमा आफु र पारिवारिक सदस्यहरुबाट रकम जुटाएर धरानका विभिन्न वडाका जम्मा १४ जनालाई खाद्यान्न वितरण गरेको बताईन् । उनले धरानका वडा नं. १, ३, १३, १७ र १९ नम्बर वडाका आर्थिक अवश्था कमजोर भएका, असहाय तथा एकल महिलालाई आफ्नो पहलमा राहत वितरण गरेकी हुन् । उनले आफ्ना भाञ्जा राजेश थापा मगर, बुहारी उर्मिला आले र भाञ्जी सब्बु थापा मगरले राहतका लागि हङकङबाट सहयोग गरेको बताईन् ।