इलाम साङरुम्बामा पेटमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।

इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ वर्षीय यमबहादुर सावाले सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको हत्या गरेका छन् ।

प्रहरीका अनुसार आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको हो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट पुगेको प्रहरी टोलीले हत्या गर्ने यमबहादुर सावालाई खुकुरीसहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढेको इलाम प्रहरीले जनाएको छ ।