नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ । महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएका हुन् ।
एएफसी महिला एसियन कप २०२२ छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।
एएफसीले छनोटको प्रारम्भिक मिति सेप्टेम्बर १३ देखि २५ तारिख (भदौ २८ देखि असोज ९ गते)लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एएफसी महिला एसियन कप २०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । महिला टोलीमा सावित्रा भण्डारी भने परेकी छैनन् । उपचारको लागि उनी कतारमा रहेकी छन् ।
नेपाली टोलीको बन्द प्रशिक्षण आउँदो साउन ३ गतेबाट सुरु हुनेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, अन्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरू लिम्बू, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हीरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी रानामगर, चुम्लुङमा राई, पुनम जर्गामगर, कविता धिमाल, सुनीता चौधरी र विमला विक ।