सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह माथि दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको केही दिनपछि उनले नक्कली बुवा बनाएको ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको छ ।
मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो ।
सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसायसमेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन्। उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दे नेपालमा करोडौंको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।
ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको छ ।
नेपाली नागरिकतामा बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको हो ।
सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पारेको थियो ।
सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमारको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसादको नागरिकताको छानबिन सुरु गरेको थियो । उनी अहिले सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका छन् ।
उनको मुद्दा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको छ । अदालतबाट ब्राउन सुगर सहित पक्राउ परेको उनीमाथि दोहरो मुद्दा चल्ने भएको हो।
सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले गरेको छ । ग्राम पंचायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् ।