Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

alt
  • असोज २२, २०८१
  • ब्लाष्ट खबर

ताप्लेजुङ/गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई गीतमा जीवन्त प्रस्तुत गरिएको गीतकार भट्टराईले जानकारी दिए। उनले भने, “गीतले ताप्लेजुङको सुन्दरता र चियाको पसलजस्तो सानो व्यवसायमा लागेका मानिसलाई सम्मान र प्रेरणा दिन खोजेको छ।

स्थानीय सानातिना व्यवसायमा लागेका मानिसको सङ्घर्ष, लगनशीलता र स्थानीय पर्यटनको महत्वलाई गीतमा समेटिएको छ ।”सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायतले ताप्लेजुङको पर्यटन र साना व्यवसायीलाई प्रोत्साहन गर्न गीतले सहयोग पुर्याउने विचार व्यक्त गरे।

उनले श्रष्टा भट्टराईले अगामी साहित्यिक यात्रा अनवरत रुपमा लागिरहने विश्वास समेत व्यक्त गरे। दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ।

पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ।।साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताए

उहाँका अनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ। उनले भने, “गीतको निर्माणले ताप्लेजुङमा रहेका पर्यटन र चिया व्यापारजस्ता साना व्यवसायको विकासमा प्रत्यक्ष रूपमा टेवा पुर्याउने उद्देश्य राखेको छ।

साना व्यवसाय ताप्लेजुङमा मात्रै नभई देशभरि पर्यटनको मुख्य आधारस्तम्भ बनिरहेका छन्। यस्ता व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनको वृद्धि गर्न सहयोग गरेका छन् ।” स्रष्टा भट्टराईले यसअघि ‘ठाँटीको घाम’ उपन्यास ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक गरेका थिए।

सम्बन्धित समाचार
धरानको बेरुजू बढ्दो: ४५ करोड नाघ्यो, एकै वर्ष थपियो साढे ५ करोड

विजयपुर । धरान उपमहानगरपालिकामा पछिल्लो समय एउटा विकृति विकसित भएको छ– मेयर ...

खाद्य स्वच्छता कायम गरौं

नेपाल पनि दूषित खाद्यजन्य रोगको समस्याबाट अछुतो छैन । विश्व स्वास्थ्य सङ्गठ ...

आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २६ गते मङ्गलबार, ९ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धरानको बेरुजू बढ्दो: ४५ करोड नाघ्यो, एकै वर्ष थपियो साढे ५ करोड
जेठ २६, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
धरानको बेरुजू बढ्दो: ४५ करोड नाघ्यो, एकै वर्ष थपियो साढे ५ करोड
जेठ २६, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क